बालकलाई यौन दुराचार गर्ने ‘देवराज’ पक्राउ

Chitwan District 1चितवन, २२ साउन । चितवन जिल्लामा बालकसँग यौनदुराचार गरेको अभियोगमा देवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।
पटिहानी–६ निवासी पौडेलले आज (समेबार) पटिहानी–७ का १५ बर्षीय बालकलाई ललाई फकाई बछौली–२, सौराहस्थित होटल बटर फ्लाईमा लगेर यौन दुराचारको प्रयास गरेको प्रहरीले जनाएको छ ।
होटेलको कोठाबाट भागेर बाटोमा रोइरहेका बालकलाई स्थानीय बासिन्दाले फेला पारी प्रहरी चौकी बछौनीमा घटनाका बारे जानकारी गराएका थिए ।
लगत्तै खट्टिएको प्रहरीले पटिहानी–६ निवासी ५९ बर्षीय पौडेललाई पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया