पाकिस्तानमा १३ यात्रुको हत्या

Pakइस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा लडाकूले बसमा रहेका १३ यात्रुको हत्या गरेका छन् । सुरक्षाकर्मीको भेषमा रहेका लडाकूले बसलाई रोकेर यात्रुको हत्या गरेको प्रान्तीय गृहसचिव कक्बर हुसैन दुरानीले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दुई वटा बस रोकेर यात्रुलाई लिएर गएका उनीहरुले नजिकै तेह्रै जनाको हत्या गरी शव छाडेका थिए । लडाकूले बलुचिस्तानमा काम गर्ने पञ्जाव प्रान्तबाट आइरहेका यात्रुलाई निशानामा पारेको बीबीसीले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमहरुले भने कम्तिमा नौ यात्रु अझै लडाकूको नियन्त्रणमा रहेको बताएका छन् । आक्रमणकारीको पहिचान खुल्न नसकेको सुरक्षाकर्मीहरुले जनाएका छन् ।

प्रतिक्रिया