लोकतान्त्रिक शक्ति एक भएर जान सुझाव

meeting with karan singhनयांदिल्ली, २२ साउन । कांग्रेस ‘आई’का विदेश विभाग प्रमुख करण सिंहले नेपालमा लोकतान्त्रिक शक्तिलाई एक भएर चुनावमा जान सुझाव दिएका छन् ।
सोमबार राति नयां दिल्लीमा कांग्रेस सभापति सुशील कोइरालाको स्वागतमा आयोजित रात्रीभोजमा सिंहले लोकतान्त्रिक शक्ति मिल्न सुझाव दिएको कोइरालाका निजी सहयोगी लक्ष्मण ढकालले जानकारी दिए ।
‘नेपालमा लोकतन्त्रको विकास, दीगो शान्ति र समृद्धि भारतको चाहना हो,’ सिंहको भनाई उदृत गर्दै ढकालले भने, ‘त्यसका लागि चुनावमा लोकतान्त्रिक शक्तिको एकता रहोस् ।’
सिंहले भारतले मंसिर ४ मै नेपालमा चुनाव होस् भन्ने चाहेको स्पष्ट पारे ।
कोइरालाको खुलेर प्रशंसा गरेका सिंहले उनको त्याग र नेतृत्वक्षमता आफैमा एउटा सन्देश भएको बताए ।
कोइरालाले लोकतन्त्रमा कसैसंग सम्झौता नगरेको भन्दै लोकतन्त्रको विकासका लागि लागिरहने बताए । उनले मंसिर ४ को चुनावमा आशंका नगर्न नेता सिंहर्लाइ आग्रह गरे ।

प्रतिक्रिया