भूल्न कदापि सक्दिंन : मोहन

Mohan-Nepal-Sourya-Dailyकाठमाडौंको नयां बानेश्वरका मोहन नेपाल सानै देखि गीत संगीतको छायांमा परे । उनलाई गीत गाउन खुबै रहर थियो । र उनी सोही क्षेत्रमा रहरै रहरले लागे पनि ।
संगीतकार भगतसिंह बाग्दाससंग गीत संगीतको औपचारिक प्रशिक्षण लिएका मोहनले पचासको दशकमा गजल गायनमा रामै्र दखल राख्थे । उनलाई भगतसिंहको प्रशिक्षणले धेरै चर्चा दिलायो पनि । भगतसिंह चर्चित संगीतकार राजु सिंहका पिता पनि हुन् ।
सुरुवाती दिनमा मोहनले विभिन्न गजल रेष्टुरेण्ट, तारे होटेल, क्यासिनो र स्टेज सोहरुमा आफ्ना गायकी प्रस्तुत गरेर स्रोताहरुको मन जित्न सफल भएका थिए । पचासको दशकमा राजधानीमा गजलको दवदवा थियो पनि ।
मोहन बहुप्रतिभाका धनी पनि छन् । उनले विभिन्न भाषाभाषीका गीत गाएका छन् । आफ्नो गायकीबाट मोहन सन्तुष्ट रहेको बताउंछन् । नेवारी गीतकी चर्तित गायिका समेत रहेकी पत्नी रोशनी धौबञ्जारले गायक मोहनलाई गीत संगीतको क्षेत्रमा अहिले पनि सघाई रहेकी छन् ।
हाल नर्बेमा बसोवास गर्दै आएका गायक मोहनले काठमाडौंस्थित घरमा विदा मनाउन आएका बेला गीत रेडर्क गर्न पनि भ्याएका छन् । सविन एकतारेको शब्द र चर्चित युवा संगीतकार कल्याण सिंहको संगीतमा मोहनले ‘कस्ले भन्छ……..’ बोलको गीत गाएका हुन् । सुगम संगीतमा रुची राख्ने मोहनले सुरुवाती दिनमा थुप्रै गीतहरुमा स्वर पनि दिईसकेका छन् ।
उनले ललितकला क्याम्पसबाट दुई वर्षको शास्त्रीय संगीत गायन कलामा शिक्षा हासिल पनि गरेका थिए । गायन क्षेत्रबाटै उनले सुरुवाती दिनहरुमा थुप्रै पुरस्कार र सम्मानहरु पाएका छन् ।
समय हुने वित्तिकै गीत संगीतमा ध्यान दिने मोहनको कोठामा विभिन्न गायक गायिकाका सिडी र पुरा क्यासेट देख्न पनि पाईन्छ । घर विदाका क्रममा राजधानीमा रहेका मोहनसंग मंगलबार गरिएको कुराकानी :
गीतसंगीतमा रुची कस्तो छ ?
– सानै देखिको रुची हो । भूल्न कदापि सक्दिंन । समय समयमा रहर लाग्छ । समय हुने वित्तिकै गाउन बजाउन थालिहाल्छु ।
तपाईको गायनको प्रेणा को हो ?
– नेपालका वरिष्ठ संगीतकार भगतसिंह बाग्दास मेरो गुरु हुनुहुन्छ । उहांकै प्रेरणाले गीत संगीतमा लागेको हुं । मेरो गायनमा उहांका साथै परिवारको सहयोग पनि छ ।
कति भयो तपाई गीत संगीतमा लागे को ?
– झण्डै २० वर्ष भयो । म गीत संगीत क्षेत्रमा लागेको । बिचमा केही ब्रेक भए पनि त्यसलाई निरन्तर दिने प्रयासमा छु ।
पछिल्लो समय तपाईले गीत गाउनु पनि गाउनु भए छ नी ?
– हो । रहर थियो त्यसैले विदा मनाउन नेपाल आएका बेला मैले गीत रेकर्ड गरेको छु । मलाई संगीतकार भाई कल्याण सिंहले साथ दिनु भयो । गीत राम्रो भएको छ । खुसी छु ।
कुनै योजना थियो की यत्तिकै गीत रेकर्ड गराउनु भएको हो ?
– होइन म गीत संगीतबाट टाढा रहनै सक्दिंन । विदेशमा रहेका बेला समय अभावले गीत रेकर्ड गराउन नसकेको मात्रै हुं । यहां आएका बेला समय हुने वित्तिकै गीत रेकर्ड गराई हाले । र अब आउने दिनहरुमा एल्बमको लागि तयारी गर्दै छु ।
तपाईले धेरै लामो समय पछि गीत गाउनु भएको छ ? अप्ठेरो भयो की ?
– लामो समय पछि गाउंदा केही अप्ठेरो त महशुस त गरे । तर गायनमा मलाई खासै अप्ठेरो लाग्दैन । टेक्नोलोजीले गर्दा झनै सजिलो भएको अनुभव गरे ।
लामो अन्तराल पछि तपाई सांगीतिक क्षेत्रमा देखिनु भो नी ?
– राम्रो गीत गाउने इच्छा हुंदाहुंदै पनि समय अभाव तथा पारिवारिक समस्याका कारणहरुले गर्दा गीत संगीतलाई निरन्तरता दिन नसकेको मात्रै हुं ।
आगामी दिनमा गीत संगीतलाई निरन्तरता दिनु हुन्छ ?
– अवश्य पनि मेरो यो निरन्तरता बांचिरहुञ्जले सम्म रहि रहने छ । र यसलाई नयां प्रस्तुतीका रुपमा प्रस्तुत हुने मेरो हृदयदेखिको इच्छा छ ।
तपाईलाई कस्ता खालका गीत मन पर्छन् ?
– शास्त्रीय एवं आधुनिक गीत संगीत खुब मन पर्छ । मलाई त्यसैमा लगाव छ ।
अहिले आएका गीत संगीतबाट तपाई सन्तुष्ट हुनु हुन्छ ?
– समयको परिवेशले गर्दा गीत संगीत परिस्कृत हुंदै आएको छ । समयको मागलाई सम्बोधन गर्न सक्नु पर्छ । अन्यथा पछि परिन्छ । कला संस्कृतिर्लाइ जोगाउने दायित्व पनि भूल्नु हुंदैन ।

प्रस्तुति : विनोद

प्रतिक्रिया