डुङगा पल्टिँदा २ को मृत्यू/८ को उद्धार

Tamakoshiउदयपुर, २१ साउन । सुनसरी जिल्लास्थित कोसी नदीको चतराघाटबाट उदयपुरको रामपुर ठोक्सिला आउँदै गरेको डुंगा पल्टिँदा डुङगामा सवार दुई महिलाको मृत्यू भएको छ ।
मृत्यु हुनेमा रामपुर ठोक्सिला–५ की ४५ बर्षीया पार्वती खड्का र सनाखत हुन नसकेकी एकमहिला रहेको जिल्ला प्रहरी प्रमुख एसपी अजय भट्टराईले जानकारी दिए ।
डुङगामा करीव ९० यात्रु सवार रहेको प्रारम्भीक अनुमान गरिएको छ । डुङगा नदी पार गरिसके पछि रामपुर ठोक्सिला–१ को डुम्रिबोटमा यात्रु ओराल्ने क्रममा पानीको छालले पल्टाएर दुर्घटनना भएको एसपी भट्टराईले जानकारी दिए ।
दुर्घटनामा परेका ८ जनाको सकुशल उद्धार गरिएको छ । नदीमा ६ जना वेपत्ता भएका छन् ।

घट्ना पछि उदयपुरका प्रहरी प्रमुख भट्टराई, प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठ स्थानीय विकास अधिकारी गोपालकुमार अधिकारीलगायतको टोली घटनास्थल तर्फ गएको छ ।
उद्धारका लागि सुनसरी र उदयपुरका नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी परिचालन गरी वेपत्ताको खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

 (फाईल तस्विर)

प्रतिक्रिया