सहमति परिवर्तन हुन सक्छ : नेता महत

ramsharanकाठमाडौं, २० साउन । कांग्रेसका नेता रामशरण महतले असन्तुष्ट पक्षहरु निर्वाचनमा आउने भए मात्रै ११ बुँदे राजनीति सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउ परिवर्तन गर्न सकिने प्रस्ताव गरेका छन् ।
काठमाडौंमा आज (आइतबार) आयोजित कार्यक्रममा नेता महतले निर्वाचनमा सहभागी भए मात्रै आन्दोलनरत दलहरु भने जस्तै गरेर सहमतिमा जान सकिने बताएका हुन् ।
‘मंसिर–४ गतेनै निर्वाचन गर्ने हो भने ११ बुँदे, २५ बुँदेमा लचकता प्रस्तुत गर्न तयार छौ,’ उनले भने ।
एकीकृत माओवादीका नेता वर्षामान पुनले समानुपातिक सिट संख्याका बारेमा विचार गर्न सकिने बताए । उनले ३३ दल सरकार र उच्चस्तरीय राजनीतिक समितिसँग वार्ताका लागि तयार हुनु सकारात्मक भएको बताए ।
एमालेका नेता रघुजी पन्तले एक महिना म्याद दिएर फेरि मतदाता नामावली संकलन गर्नु पर्ने माग मंसिर ४ गते निर्वाचन हुन नदिने चाल भएको बताए ।
उनले मधेसी मोर्चालाई अघि सारेर निर्वाचन क्षेत्र, मतदाता नामावली संकलन, ११ र २५ बुँदे आदेशको संशोधनको कुरा उठाएर एमाओवादीले नै निर्वाचन सार्न खाजेको आरोप लगाए ।

प्रतिक्रिया