काठमाडौं, २० साउन । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र कांग्रेस सभापति सुशील कोइरालावीच भेटबार्ता भएको छ ।
बालुवाटारमा आज (आइतबार) भएको भेटमा कोइरालाको भारत भ्रमणका विषयमा छलफल भएको हो । सभापति कोइरालाले आफ्नो भारत भ्रमणका विषयमा रेग्मीसँग परामर्श गरेका हुन् ।
सभापति कोइराला भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली जाँदैछन् ।
प्रतिक्रिया