अध्यक्ष रेग्मी र प्रमुख आयुक्तवीच भेटबार्ता

baluwatarकाठमाडौं, २० साउन । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीवीच निर्वाचनको तयारीलाई लिएर परामर्श भएको छ ।
अध्यक्ष रेग्मीको सरकारी निवास बालुवाटारमा आज (आइतबार) भएको भेटमा मंसिरको चार गतेको निर्वाचन र तयारीका बारेमा छलफल भएको बुझिएको छ ।
प्रमुख आयुक्त उप्रेतीले आयोगले हालसम्म गरेको निर्वाचनको तयारीका विषयमा अध्यक्ष रेग्मीलाई जानकारी गराएका हुन् ।
फोटो सहितको मतदाता नामावली संकलन गर्न आएको आग्रहका बारेमा पनि छलफल भएको छ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रमुख आयुक्त उप्रेतीसँग भेट गरी नामावली संकलन गर्न भनिसकेका छन् ।
सो विषयमा आयोगले सकारात्मक संकेत पनि गरिसकेको छ ।

प्रतिक्रिया