सिक्किमीकरण गर्ने खतरा

Tilak Pariyarसर्वप्रथमत: हामी देशमा विद्यमान राजनीतिक र संवैधानिक संकट समाधान गर्न दलहरुकै बीचबाट राष्ट्रिय संयुक्त सरकारको गठन र सर्वपक्षीय गोलमेच सम्मेलन, दलित, महिला, मुस्लिम र उत्पीडित जातीय पहिचानसहितको संघीयताका पक्षधरहरुका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न गरी जनताको संघीय गणतन्त्रात्मक संविधानको अन्तरवस्तुमा सहमति कायम गर्नका लागि जोडदार माग गर्दछौं । विघटित संविधानसभाका विषयगत समितिहरुले पेश गरेका प्रारम्भिक मस्यौदा प्रतिवेदन र अवधारणा–पत्रमा उल्लेख जनपक्षीय व्यवस्थालाई स्वामित्व ग्रहण गर्ने प्रतिबद्धता गरेर मात्र संविधान निर्माणको मार्गचित्र सुनिश्चित हुनसक्दछ भन्ने चौतर्फी आवाज उठिरहेको बेला वैदेशिक शक्ति केन्द्रहरुको निर्देशनमा एमाओवादी, काङ्ग्रेस, एमाले र मधेशी मोर्चा बीच ११ बुदे सहमति र २५ बुदे बाधाअडकाउ फुकाउ आदेशमार्फत अन्तरिम संविधान ध्वस्त बनाउदै प्रधान न्यायधिशको नेतृत्वमा निर्दलीय सरकार गठन गरिएको छ, उपरोक्त गतिविधि अराजनीतिक, असंवैधानिक र हैकमवादी भएको ठहर गर्दै हाम्रो गौरवशाली संगठन नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा आपत्ति व्यक्त गर्दछ ।
यो घोषित निर्वाचन राष्ट्रिय स्वाधीनताको रक्षा र नेपाली जनतालाई अधिकारसम्पन्न बनाउने उद्देश्यमा आधारित नभएर विघटित संविधानसभाले गरेका जनपक्षीय व्यवस्थालाई रद्दीको टोकरीमा फाल्ने र उत्पीडित जातीय पहिचानसहितको संघीयताको एजेण्डा अल्पमतमा पार्ने तथा आप्रवासीलाई नागरिता दिएर नेपाली जनतालाई अल्पमतमा पारी राष्ट्रघाती र जनविरोधी संविधान निर्माण गर्दै नवऔपनिवेशिक मात्र होइन, सिक्किमीकरण गर्ने खतरा बढेर गएको छ । तसर्थ, यो निर्वाचन, राष्ट्र, नेपाली जनता र दलित समुदायको हितमा नभएकाले हाम्रो मोर्चाले सक्रिय वहिष्कार गर्नुको विकल्प नभएको ठहर गरेको छ ।
आज देशमा दलित समुदायमाथि जातपात–छुवाछूतकै कारण जघन्य सामाजिक अपराधका घटनाहरु घटिरहेका छन् । यसको रोकथाम गर्नुको सट्टा राज्यका अवयवहरु मुकदर्शक बनेर बसेका छन् । मोरङको बेलवारीमा निर्दोष दलित समुदायकी महिलामाथि अमानववीय ज्यादती भएको छ । रौतहटको पिपरिया गाविसको भिमडावर गाउका दलितहरुमाथि आक्रमण, लुटपाट र तोडफोड गरिएको छ । नुवाकोटमा अन्तरजातीय विवाहित जोडिलाई गाउ निकाला गरिएको छ, अछाममा अन्तरजातीय प्रेम गरेको आरोपमा देशै निकाला गरिएको छ । दैलेखमा दलितको दलितको लास जलाउन समेत दिइएको छैन । कपिलबस्तुमा अन्तरजातीय विवाहित जोडिका परिवारलाई विस्थापित गरिएको छ । अन्तरजातीय विवाह गरेको आरोपमा हत्या र चेलीबेटी वेचविखनका मुद्दा लगाउनेजस्ता घटनाहरु भैरहेका छन् । काठमाडौं उपत्यकामै जातपात–छुवाछूतका कारण डेरा नपाउने र यदि पाइहालेमा पनि मानसिक टर्चर गर्ने र विभिन्न वहानमा उसलाई डेराबाट निकाल्ने आदिजस्ता हजारौं उत्पीडन–ज्यादतीहरु दलितहरुमाथि भैरहेका छन् । यसको उचित छानविन गरी पीडितलाई न्याय र क्षतिपुर्ति दिने र दोषीलाई कारवाही गर्ने प्रक्रिया तत्काल अगाडि बढाउन सरकारसाग जोडदार माग गर्दछौं ।
साथै यही २०७० साल साउन १४ गते काठमाडौंमा हाम्रो मोर्चाको केन्द्रीय सचिवालयको बैठक सम्पन्न भएको छ, यस बैठकले लिएका महत्वपूर्ण निर्णयहरु समेत सार्वजनिक गर्दछौं ।
१. सम्पूर्ण ज्ञात अज्ञात महान सहिदहरुप्रति एक मिनेट मौन धारण गरी वेपत्ता योद्धाहरुको स्मरण गरियो ।
२. वैचारिक तथा राजनीतिक सम्बन्धी :
(क) ने.क.पा.–माओवादी पार्टीको क्रान्तिकारी विचारधारात्मक राजनीतिक कार्यदिशा र विशेषाधिकारको नीतिलाई गाउ स्तरसम्म छलफल र बहस चलाई स्पष्ट पार्ने ।
(ख) संविधानसभाको कथित दोस्रो निर्वाचनको बहिष्कार र भण्डाफोर अभियानको औचित्य र आवश्यकताबारे जनस्तरसम्म स्पष्ट पार्ने ।
(ग) स्थानीय सबै अभियान टीममा मोर्चा नेता तथा कार्यकर्ताको सक्रिय सहभागिता र भूमिका खेल्ने ।
(घ) छुवाछूतका पक्षधर र मनुवादी संघ/संस्थाहरु तथा व्यक्तिहरुको सही पहिचान गरी भण्डाफोर गर्ने ।
३. संगठन सम्बन्धी :
(क) श्रावण मसान्तसम्म मोर्चाका जिल्ला समितिका बैठकहरु सम्मपन्न गर्ने ।
(ख) निर्वाचन क्षेत्र स्तरीय समिति निर्माण भाद्र मसान्त सम्म गर्ने । गाउ स्तर सम्म सदस्यता वितरण र समिति निर्माण गर्न जोड दिने ।
४. सङ्घर्ष सम्बन्धी :
(क) जनविरोधी, राष्ट्रघाती र छुवाछूतको पक्षपाती तथा भ्रष्टाचारी संघ संस्था र व्यक्तिहरुको लिस्ट तयार गरी सार्वजनिक भण्डाफोर पहिलो चरणमा गर्ने ।
(ख) जनविरोधी र भ्रष्ट एन.जी.ओ/आई.एन.जी.ओ का समग्र डाटा सङ्कलन गरी भण्डाफोर गर्ने ।
(ख) त्यसै गरी निम्न कमरेडहरु केन्द्रीय सदस्य थप गरिएको छ– १) तिलक बराली, धनकुटा २) राजु ल्वागुन, ताप्लेजुङ्ग ३) पदम किसान, म्याग्दी ४) सनिल परियार, गोरखा ५) रामजी परियार, धादिङ्ग ६) गणेश नेपाली, सोलु ७) सुरेश परियार, ओखलढुगा ८) चाम बहादुर वि.क., प्रवास ९) रमेश नेपाली, प्रवास १०) तिलक ताम्राकार, प्रवास ११) कविराज तिरुवा, प्रवास १२) दिल्ली नेपाली, मोरङ १३) पूर्णविक्रम नेपाली, प्युठान र १४) दिलिप गन्धर्व, बर्दिया ।
त्यसैगरी थप गरिएका केन्द्रीय सल्लाहकारहरूमा १) चन्द्रशंकर वि.क., इलाम २) जीत ब. परियार, कास्की ३) विमला मिजार, उदयपुर हुनुहुन्छ ।
(ङ) त्यसैगरी राज्यहरुमा निम्नअनुसार कमरेडहरुलाई जिम्मेवारी ठोस गरिएको छ– नेवा राज्य संयोजकमा क. बुद्धि नेपाली ‘बिराट’, मगरात राज्यका सह–संयोजकहरुमा क. गोपाल नेपाली र क. टेकबहादुर बि.क., ताम्सालिङ संयोजकमा क. बलराम विश्वकर्मा, सह–संयोजकहरु क. बाबुराम परियार ‘प्यासी’, क. शिव खाती र क. लेखराज गजमेरलाई ठोस गरिएको छ । सेमको संयोजकमा क. करण दयाल, थारुवान सह–संयोजकमा क. जितेन्द्रमान परियार, क. दिलबहादुर वि.क.लाई ठोस गरिएको छ । मिथिलाको संयोजकमा क. विकु पासवान, भोजपुराको संयोजकमा क. बिन्दारामलाई ठोस गरिएको छ ।
बैठकका अध्यक्ष तथा मोर्चाका संयोजक क. तिलक परियारबाट बैठकका निर्णयहरु तदारुकताका साथ कार्यान्वयन गर्न निर्देशित गर्दै सौहार्दपूर्ण रुपमा बैठक समापन गर्नुभयो । (विज्ञप्तिबाट साभार)

१९ श्रावण २०७०, काठमाडौं ।

तिलक परियार

संयोजक

प्रतिक्रिया