सभापति कोइराला भारत प्रस्थान

sushil

काठमाडौं, २० साउन । नेपाली कांग्रेसका सभापति सुशील कोइराला औपचारिक भारत भ्रमणका लागि आज (आइतबार) नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला पनि कोइरालासँग नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
भ्रमणका क्रममा सभापति कोइरालाले भारतीय प्रधानमन्त्री डा.मनमोहन सिंह, कांग्रेस(आई)की अध्यक्ष सोनिया गाँन्धी, प्रमुख प्रतिपक्ष दल भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह, विदेश मन्त्री सलमान खुर्सिदलगायतसँग भेटवार्ता गर्ने छन् । कोइराला अपरान्ह चार बजेको उडानबाट नयाँ दिल्ली जाने कांग्रेसले जनाएको छ ।
यस अघि, कांग्रेसका नेता शेरबहादुर देउवा, एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले औपचारिक भारत भ्रमण गरिसकेका छन् ।

प्रतिक्रिया