काठमाडौं, १९ साउन । उच्चस्तरीय राजनीतिक समितिले आन्दोलनरत दलहरुलाई वार्तामा पुन: आह्वान गर्दै पत्र पठाउने निर्णय गरेको छ ।
समितिको आज (शनिबार) राजधानीमा बसेको बैठकले नेकपा माओवादी सहितका आन्दोलनरत दलहरुलाई वार्तामा पुन: बोलाउने निर्णय गरेको एमाओवादीका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘आन्दोलनरत दलहरुलाई पुन: पत्र लेखेर वार्तामा बोलाउने छौं,’ उनले भने, ‘वार्ताबाट सबैका माग सम्बोधन गरेर निर्वाचनमा जानु पर्छ ।’
नेकपा माओवादीसहितको ३३ दलीय मोर्चाले पत्रको भाषालाई लिएर विवाद सृजना गरे पछि समितिले पुन: पत्र पठाउने तयारी गरेको हो ।
प्रतिक्रिया