शिशुको हत्या गर्ने आमा पक्राउ

Hatya 2प्युठान, १९ साउन । प्युठान जिल्लामा अवैध सम्बन्ध पछि जन्मिएको बच्चा हत्या गरेको अभियोगमा एकमहिलालाई प्रहरीले पक्राउ गरेको छ ।
अर्खा–८ बस्ने २५ बर्षीया श्रीमती तेजमणि पुनलाई प्रहरीले आज (शनिबार) पक्राउ गरेको जनाएको छ ।
अर्खा–८ बस्ने हेमराज थापा र उनीबीच भएको अवैध सम्बन्धबाट साउन १२ गते शिुशलाई जन्म दिई हत्या गरेको प्रहरी भनाई छ ।
उनीहरुले शिशुलाई मारेर आफ्नै बारीमा गाडेको उजुरी श्रीमति तेजमणिका ससुरा जयबहादुर पुनले आजै प्रहरीमा उजुरी दिएका थिए ।
पौन दश बजे पुगेको प्रहरीले श्रीमति तेजमणिलाई पक्राउ गरेको हो । हेमराज थापा भने फरार छन् । उनको खोजतलास जारी छ ।

प्रतिक्रिया