‘मायाँले बोलाउँछ’ सार्वजनिक

Maya Le Bolau chhaकाठमाडौं । युवा गीतकार रविन्द्र आशिष ‘शैली’ले गीति एल्बम ‘मायाँले बोलाउँछ’ लिएर श्रोतासमक्ष आएका छन् ।
विभिन्न सात वटा गीत समेटिएको आशिषको ‘मायाँले बोलाउँछ’ पहिलो गीति एल्बम भएपनि बजारमा निकै चर्चा पाएको छ ।
विभिन्न रेडियोहरुमा बज्न थालेका गीत सरल शैलीका भएकाले स्रोताले मनपराउन थालेको आशिषको भनाई छ ।
गीतहरु विभिन्न फरक फरक परिवेश र स्वादका छन् । गीतकार आशिषले जीवनका विभिन्न आरोह अवरोहका क्रममा उत्पन्न हुने भावनालाई गीति लयमा उतारेका छन् ।
विनोद पछाईंको संगीत रहेको एल्बममा राजेशपायल राई, अञ्जु पन्त, स्वरुपराज आचार्य, दीपक लिम्बु, सहिमा श्रेष्ठ र विनोद पछाईंले स्वर दिएका छन् ।
पहिलो एल्बम भएपनि विभिन्न क्षेत्रबाट आएका प्रतिक्रियाबाट हौसला मिलेको गीतकार आशिषले बताए ।

प्रतिक्रिया