बबरमहल बम काण्डका पाँच दोषी पक्राउ

nepal policeकाठमाडौं, १८ साउन । प्रहरीले बबरमहलमा चार जनाको ज्यान जाने गरी भएको विष्फोटका पाँच जना दोषीलाई पक्राउ गरेको छ ।
बम विष्फोटको संयुक्त जातीय मुक्तिमोर्चा नामक संगठनले जिम्मेवारी लिएको थियो । सोही समूहका ५ जनालाई प्रहरीले बिहीबार राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रकुमार तामाङ, सनबहादुर परियार, निमा शेर्पा, सन्तोष माझी र भानीनाथ रहेका छन् । भानीनाथ माओवादीका पूर्व लडाकु हुन् ।
उनीहरुको साथबाट प्रहरीले बम बनाउन प्रयोग हुने सामाग्री, चन्दा रसिद तथा विभिन्न प्रचा पम्प्लेट बरामद गरेको जनाएको छ ।
२०६७ साल फागुन महिनामा नेपाल आयल निमम अगाडि भएको बम विष्फोटमा चार जना सर्वसाधारणको ज्यान गएको थियो । बमकाण्डका नाइके विश्वक्रान्ति भनिने देवराज लामा पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया