निर्वाचनमा मिलेर जाने वातावरण बनाउनु पर्छ

Sushil Koiralaकाठमाडौं, १८ साउन । कांग्रेसका सभापति सुशील कोइराला र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापावीच भेटबार्ता भएको छ ।
काठमाडौंको मालीगाउँस्थित अध्यक्ष थापाको निवासमा आज (शुक्रबार) भएको भेटमा संविधानसभा निर्वाचन र भारत भ्रमणका बारेमा परामर्श भएको हो ।
भेट पछि पत्रकारसँग कुरागर्दै राप्रपा अध्यक्ष थापाले आगामी चुनाव र लोकतान्त्रिक शक्तिहरु मिलेर जाने विषयमा कुराकानी भएको बताए । ‘संविधानसभा निर्वाचन तोकिएकै समयमा गर्नु पर्छ,’ अध्यक्ष थापाले भने, ‘लोकतान्त्रिक शक्तिहरु पनि मिल्ने वातावरण बन्नु पर्छ ।’
सभापति कोइरालाले शनिबार देखि हुन लागेको आफ्नो भारत भ्रमणका विषयमा पनि अध्यक्ष थापासँग परामर्श गरेका हुन् ।
सभापति कोइराला शनिबार भारत जाने
यसैवीच, भारतको औपचारिक भ्रमणका लागि कांग्रेसका सभापति कोइराला शनिबार नयाँ दिल्ली जान लागेका छन् ।
भारत सरकारको निमन्त्रणामा उच्चस्तरीय राजनीतिक भेटघाटका लागि साउन–२० गते शनिबार कोइराला नयाँ दिल्ली जान लागेको कांग्रेसद्वारा आज (शुक्रबार) जारी विज्ञप्तिमा उल्लेख छ ।
सभापति कोइराला शनिबार अपरान्ह पौने चार बजे एयर इण्डियाको उडानबाट नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।
कोइरालासँग कांग्रेसका महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला पनि जाने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया