मोरङ अध्यक्षमा यादव नियुक्त

Sarita Giriकाठमाडौं, १८ साउन । नेपाल सद्भावना पार्टीले मोरङ जिल्ला अध्यक्षमा सदानन्द यादवलाई नियुक्त गरेको छ ।
राष्ट्रिय अध्यक्ष सरिता गिरीले आज (शुक्रबार) विज्ञप्ति जारी गरेर यादवलाई मोरङ कार्यसमितिको अध्यक्षमा नियुक्त गरेको जनाएकी हुन् ।
‘पार्टी विधान अनुसार मोरङग जिल्लामा नेपाल सद्भावना पार्टीको अध्यक्ष पदमा सदानन्द यादवलाई आजका मितिमा नियुक्त गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया