दश दिन थप्न सरकारसँग आयोगको आग्रह

Khilraj-Regmiकाठमाडौं, १७ साउन । निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो कार्यावधि पुन: १० दिन थप्न सरकारसँग आग्रह गरेको छ । यस अघि पनि सरकारले आयोगको म्याद थप गरिसकेको छ ।
निर्धारित कार्य पूरा गर्न समय अपर्याप्त भएको भन्दै आयोगले म्याद थपका लागि सरकारलाई अनुरोध गरेको हो । आयोगका अध्यक्ष ताहिर अलि अन्सारीले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई बुधबार राति भेटेर दश दिन म्याद थप्न अनुरोधसहितको पत्र बुझाएको आयोगका प्रवक्ता टेकप्रसाद ढुङगानाले जानकारी दिए ।
आयोगको बुधबारकै बैठकले १० दिन म्याद थप गर्न सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको थियो । शनिबार आयोगको कार्यावधि समाप्त हुँदैछ । आयोगले गत असार–११ गतेदेखि काम थालेको हो ।

प्रतिक्रिया