दोषीलाई उन्मुक्ति दिनु हुंदैन : रेणुका, ईश्वरी

Sunder-Shing-Bidhuri-Souryaकाठमाडौं, १६ साउन । भारतीय टेलिभिजन नेपाल वानको ‘यौन प्रकरण’का विषयमा भएका टिकाटिप्पणीलाई लिएर कार्यक्रम प्रश्तोता रेणुका कंडेल र पत्रकार ईश्वरी सिंहले आफूहरुलाई भएको पीडा प्रहरी प्रशासन समक्ष उजुरी गरेको जनाएका छन् ।
रेणुका र ईश्वरीले आज (बुधबार) संयुक्त विज्ञप्ति जारी गरेर नेपाल वानका नेपाल प्रमुख सुन्दरसिंह विधुरीले यौनदुरव्यवहार गरेकाले उनी र उनका सहयोगी क्यामरा पर्सन विराज श्रेष्ठलाई कानून अनुसार कारबाहीको माग गरेर उजुरी गरेको जनाएका हुन् ।
उनीहरुले आफू दुई पीडितले नेपाल वानका महिला पत्रकार, कर्मचारी र प्रस्तोतालाई भएका पीडाका बारेमा पनि न्यायका लागि पहल गरेको जनाएका छन् । कुनै पनि व्यक्तिगत मानहानी वा गतिविधिमा नलाग्न रेणुका र ईश्वरीको आग्रह छ ।
नेपाल वान टेलिभिजनका कर्मचारीहरुका तर्फबाट भन्दै केही महिला पत्रकार र कर्मचारीका नाममा राष्ट्रिय महिला आयोगका अध्यक्षलाई सम्बोधन गरी लेखिएको पत्रबाट आफूहरुलाई आघात पुगेको उनीहरुले जनाएका छन् ।
‘संस्थाभित्र महिला मात्र होइन प्राय: सबै कर्मचारीहरुलाई भोग्नुपरेका पीडा, अपमान र तिस्कारलाई बिर्सेर जागिरको सुरक्षा र अन्य त्रासबोधबाट पत्र सम्प्रेषित गरिएको छ,’ रेणुका र ईशवरीले सो पत्रकार बारेमा उल्लेख गरेका छन् ।
उनीहरुले विधुरीका महिला हिंसा र यौनजन्य गतिविधि चौवीसै घण्टा हुने गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
उनीहरुले नेपाल वान टेलिभिजनको ‘यौन काण्ड’ दवाउन सञ्चालक नलिनी सिंह सक्रिय भई लागेको दाबी गरेका छन् । सो दवावको अनुभव आफूहरुलाई भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया