यार्सागुम्बा संकलन गरेर फर्कदा मृत्यू

धनगढी, १६ साउन । यार्सागुम्बा संकलनका क्रममा बैतडी जिल्लाको धारी गाविस वडा नम्वर तीनमा एकजना मृत भेटिएका छन् ।
यार्सागुम्बा संकलन गरी घर फर्किदै गरेका ३३ वर्षीय देवसिंह कार्की मंगलबार मृत भेटिएको प्रहरीले जनाएको छ ।
कार्की सित्तोला गाविसको चाइमटेलास्थित दुदियाको खोल्सोमा क्षतविक्षत अवस्थामा मृत भेटिएको मृतकका काका प्रेमसिंह कार्कीले बताए ।
साउन ६ गते घर फर्किन लागेको भन्दै मृतक कार्कीले खबर गरेका थिए । दुई दिन लाग्ने बाटोमा सातादिन वित्दा पनि घर नपुगे पछि आफन्त खोजी गर्न चाइमटेला गएका थिए ।
धेरै दिनको खोजविनपछि खोलामा देवसिंह मृत भेटिएको प्रेमले बताए । कार्कीको हत्या गरिएको आशंका गरिएको छ ।
घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश बमले जानकारी दिए ।

प्रतिक्रिया