सरकार र नेकपा-माओवादीबीच दोहोरो सम्वाद

simhadarbarकाठमाडौं, १६ साउन । सरकारले नेकपा–माओवादीसहितका ३३ दललाई वार्ताका लाई पुन: लिखित आग्रह गरेको छ ।
मन्त्रिपरिषद्, परामर्श तथा समन्वय समितिका संयोजक समेत रहेका गृहमन्त्री माधवप्रसाद घिमिरेले आज (बुधबार) नेकपा माओवादीलाई पत्र पठाएर वार्तामा बोलाएका हुन् ।
नेकपा माओवादीका महासचिव रामबहादुर थापाले पनि वार्ताका लागि साउन चार गते आफूहरु वार्तामा बस्न ईच्छुक रहेको पत्र पठाएका थिए । सो पत्र सरकारले साउन एघार गते पाएको थियो ।
‘नेकपा–माओवादी र सम्बद्ध मोर्चालाई वार्ताका लागि आमन्त्रण गर्दछु,’ सरकारको पत्रमा भनिएको छ, ‘मुलुकका समस्या वार्ता, सम्वाद र छलफलबाट नै समाधान हुने कुरामा नेपाल सरकार विश्वस्त रहेको छ ।’
पूर्वसर्त अस्वीकार गरेर वार्तामा बस्न नमानेको नेकपा माओवादीलाई सो विषयमा स्पष्ट पारेपछि पत्र मार्फत दोहोरो सम्वाद शुरु भएको हो ।

प्रतिक्रिया