‘यौनकाण्ड’ दवाउन नलिनी सिंहको दौडधुप

Sunder-Shing-Bidhuri-Souryaकाठमाडौं, १६ साउन । ‘यौनकाण्ड’ पछि अताल्लिएर काठमाडौं आइपुगेकी भारतीय टेलिभिजन नेपाल वानकी सञ्चालक नलिनी सिंहले शक्ति केन्द्रहरुलाई सो विषय दवाउन दवाव दिन थालेकी छन् ।
काठमाडौंको तिनकुनेस्थित टेलिभिजनको सम्पर्क कार्यालयका प्रमुख सुन्दरसिंह विधुरीले भोजपुरी कार्यक्रम प्रश्तोता रेणुका कंडेललाई यौनदुरव्यवहार गरेको घटना प्रकरण सार्वजनिक भएको थियो । कंडेलको लिखित उजुरी पछि विधुरी र उनलाई सहयोग गर्ने क्यामरा पर्सन विराज श्रेष्ठलाई प्रहरीले सोमबार बेलुका नेपाल वानकै कार्यालयबाट नियन्त्रणमा लिएको थियो ।
आफ्ना दुई कर्मचारी यौन दुरव्यवहारको प्रकरणमा प्रहरी हिरासतमा परे पछि आत्तिएकी नलिनी सिंह काठमाडौं आई प्रमुख राजनीतिक दल एमाओवादी, कांग्रेस र एमालेका दोस्रो तहका नेताहरुलाई दवाव दिई ‘यौनकाण्ड’ दवाउन दवाव दिएको स्रोतले जनाएको छ ।
लैनचौरस्थित भारतीय राजदूतावासको शरणमा पुगेकी नलिनी सिंहले आफ्ना दुई कर्मचारीलाई आज (बुधबार) छुटाउन दवाव दिई रहेकी छन् । उनले एकजना पूर्व प्रधानमन्त्रीलाई फोन गरेर नेपाल वानको ‘यौनकाण्ड’ दवाएर आफ्ना दुई कर्मचारीलाई आजै रिहा गर्न दवाव दिएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार नेपाल वानको ‘यौनकाण्ड’ दवाउन स्वयं राजदूत र दूतावासका कर्मचारीहरु सक्रिय भएका छन् । उनीहरुले अन्तरिम मन्त्रिपरिषदका मन्त्री, नेपाल प्रहरीका उच्च अधिकारी, विभिन्न दलका नेताहरुलाई पटक पटक फोन गरेर घटना दवाउन भनेको स्रोतले जनाएको छ ।
हनुमानढोका प्रहरीमा सात दिनका लागि थुनामा रहेका विधुरी र श्रेष्ठलाई जारीबाट निकालेर कारबाही गर्ने प्रतिवद्धताको प्रस्ताव नलिनी सिंहले कार्यक्रम प्रश्तोता रेणुका कंडेललाई दिएको स्रोतको भनाई छ ।
यद्यपि, रेणुकाले जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार मात्रै सात दिन थुनामा राख्न आदेश दिएको दुई व्यक्तिलाई कानून अनुसार कारबाही नहुंदा सम्म अविचलित रहने प्रतिक्रिया दिएकी छन् ।
शक्तिकेन्द्रबाट दवाव आउन थाले पछि हनुमानढोका प्रहरी नेपाल वान टेलिभिजनको ‘यौनकाण्ड’का विषयमा तनावमा परेको एक सुरक्षा अधिकारीले जानकारी दिए ।

Nalini-Shing-Sourya-Dailyविधुरी विरुद्ध नेपाल वानकी ‘अर्की’को उजुरी
यसैबीच, यौनदुरव्यवहारको आरोपमा विधुरी विरुद्ध आज (बुधबार) नेपाल वानकी अर्की पत्रकारको पनि उजुरी परेको छ । विधुरीले पटक पटक यौनदुरव्यवहार गरेको आरोप लगाउंदै ईश्वरी सिंहले महानगरीय प्रहरी परिषर हनुमानढोकामा लिखित उजुरी दिएकी छन् ।
ईश्वरी सिंहले पनि विधुरीलाई कानून अनुसार हदैसम्मको कारबाही र शान्ति सुरक्षाको माग गरेकी छन् ।

========

विष्णु रिजालको फोसबुकबाट साभार

विहानैदेखि काठमाडौंमा नलिनी सिंहको चर्को दौडधुप छ । दिल्लीमा बसेर नेपालमा नेपाल वान नामक टेलिभिजन चलाइरहेकी नलिनी संकट पर्‍यो भने कुदेर आउँछिन् । कहिले पत्रकारलाई तलब नदिने त कहिले अपमानजनक रुपमा निकाल्ने उनको कम्पनीका हर्ताकर्ताले महिला कामदारमाथि यौनहिंसा गरेका कारण अहिले थुनामा छन् । नलिनीले नेता र प्रहरीका हाकिमलाई भेटेर छुटाउने कोसिस गरेकी छन् । कति हेपाहा प्रवृत्ति उनको ? कतिपय नेताकोमा फोन गरेर ‘अहिले आउँदैछु, कतै नजानुहोला’ पनि भन्न भ्याइछन् ।

bishnu-rijal

प्रतिक्रिया