मोर्चाद्धारा एकमहिना म्याद थप गर्न माग

morcha madhesiकाठमाडौं, १६ साउन । मधेसी मोर्चाले मतदाता नामावली संकलनका लागि एकमहिनाको म्याद थपका लागि आग्रह गर्ने निर्णय गरेको छ ।
काठमाडौंमा आज बसेको मधेसी मोर्चाको बैठकले तराईमा अझै धेरै नागरिक मतदाता नामावलीमा नाम दर्ता गराउनबाट छुटेको निष्कर्षसहित म्याद थप गर्नुपर्ने माग गरेको हो ।
बैठक पछि पत्रकारसंग कुरागर्दै तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदय त्रिपाठीले मतदाता नामावली संकलनका लागि एकमहिनाको म्याद थपका लागि निर्वाचन आयोगसंग आग्रह गर्ने निर्णय गरेको बताए । नामावली संकलनको कार्य असार मसान्तमा सकिएको थियो ।
त्यसै गरी, मधेसी मोर्चाले संविधानसभामा समानुपातिक तर्फको सिट संख्या पनि बढाउन माग गरेको छ । निर्वाचनमा समानुपातिक तर्फ ५८ र प्रत्यक्ष तर्फ ४२ प्रतिशत सिट संख्या कायम गर्न माग गरिएको छ ।
निर्वाचन क्षेत्र निर्धारण जनसंख्याको आधारमा गर्नुपर्ने मधेसी मोर्चाको माग छ । मधेसमा जनसंख्याको चाप बढी रहेको जनाउंदै सोही अनुसार क्षेत्र निर्धारण हुनु पर्ने मोर्चाको निर्णय छ ।
मंसिर ४ गतेको निर्वाचन गराउन सबैले सहयोग गर्नुपर्ने जनाएको मधेसी मोर्चाले निर्वाचन विरोधी गतिविधि नर्गन भएको छ ।

प्रतिक्रिया