चट्याङ लागेर एकको मृत्यू/३६ जना घाइते

dolkhaदोलखा, १५ साउन । दोलखा जिल्लाको विगु–७ मा चट्याङ लागेर एकजनाको मृत्यू भएको छ भने करीब ३६ जना घाइते भएका छन् ।
मृत्यू हुनेमा विगु–७, सिन्साङकी ४३ वर्षीया पासाङ् डोमा शेर्पा रहेकी छन् । सोमबार राति वर्षासँगै एक्कासि परेको चट्याङ लागेर उनको घटनास्थलमा नै मृत्यू भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा स्थानीय २५ वर्षीया मायाँ थामी, देवीमाया थामीलगायत रहेका छन् ।
घाइतेहरुको अवस्था सामान्य रहेको र उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको स्थानीय पासाङ शेर्पाले जानकारी दिए । मृत्तक शेर्पाकी दुई छोरा र एक छोरी रहेका छन् ।

प्रतिक्रिया