निर्वाचन तोकिएकै समयमा हुन्छ : कांग्रेस

nc-office-sanepaकाठमाडौं, १५ साउन । कांग्रेसका नेता शेरवहादुर देउवाले लोकतान्त्रिक संविधान बनाउने उदेश्यसहित चुनावको तयारी तीव्र बनाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
पार्टी कार्यालय सानेपामा आज (मंगलबार) सम्पन्न केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको समापान कार्यक्रममा नेता देउवाले निर्वाचन केन्द्रित गतिविधि गर्नुपर्ने बताए ।
‘पहिला जस्तो डर, त्रास र धम्कीको भरमा चुनाव जित्न चाहनेहरुलाई निस्तेज पार्न पर्छ,’ उनले भने, ‘जनताको मन जित्नेगरी कांग्रेस चुनावमा जान्छ ।’
उपसभापति रामचन्द्र पौडेलले नेकपा–माओवादी चुनावमा नआए पनि निर्वाचनमा हुने बताए । ‘नेकपा–माओवादी चुनावमा आए पनि नआए पनि तोकिएकै समयमा निर्वाचन हुन्छ,’ उनले भने ।
प्रशिक्षक प्रशिक्षण कार्यक्रममा झण्डै चारसय कांग्रेसका अगुवा नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया