बाघ गन्न मात्रै तीन करोड पचास लाख खर्च

tigerचितवन, १५ साउन । दुर्लभ वन्यजन्तुको सूचीमा सूचिकृत पाटे बाघको संख्या चितवन राष्ट्रिय निकुञ्जमा घटेको छ ।
नेपाल भित्र समग्रमा बढे पनि बाघको सबैभन्दा धेरै संख्या भएको चितवन निकुञ्जमा संख्या घटेको हो । चितवनको सौराहामा सोमवार सार्वजनिक गरिएको औषत तथ्याङ्कमा निकुञ्जमा एकसय २० वटा मात्रै बाघ रहेको उल्लेख छ ।
अघिल्लो पटकको गणनामा मुलुक भरि १ सय २१ बाघ रहेको भए पनि यस पटक १ सय ९८ रहेको अनुमान गरिएको छ ।
यस पटक निकुञ्जमा १ सय २० वटा बाघ भएको संख्या भएको जानकारी दिईएको छ ।
पर्सा वन्य जन्तु आरक्षमा भने बाघको संख्या बढेको छ । ४ वटामात्रै बाघ रहेको आरक्ष क्षेत्रमा बढेर सात पुगेका छन् ।
हरेक चार/चार बर्षमा गरिने बाघ गणनाले चितवनमा बाघ संरक्षणमा चुनौती थपिदिएको छ । बाघ गणनामा झण्डै ३ करोड ५० लाख खर्च गरिएको छ ।
बाँके राष्ट्रिय निकुञ्जमा चार, बर्दिया राष्ट्रिय निकुञ्जमा ५० र शुक्लफाँटा बन्यजन्तु आरक्षमा १७ वटा औषत बाघको संख्या रहेको तथ्याङक रहेको राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागका उपमाहानिर्देशक टीकाराम अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया