निर्वाचन सार्न सकिँदैन : खनाल

सिराहा, १५ साउन । एकीकृत माओवादीका केन्द्रीय सदस्य चन्द्र प्रकाश खनालले संविधानसभाको दोश्रो सार्न नसकिने बताएका छन् ।
क्रान्तिकारी पत्रकार संघ सिरहा शाखाले आज (मंगलबार) लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य खनालले जनपक्षीय संविधान लेख्ने उत्तम र अग्रगामी बिकल्प सविधानसभा रहेको बताए ।
उनले संघीयतासहितको संविधानको एजेण्डामा मधेस गोलबन्द गर्नु रहेको उल्लेख गरे ।

प्रतिक्रिया