लागूऔषध सहित एकजना पक्राउ

धनगढी, १५ साउन । कैलाली प्रहरीले प्रतिबन्धित लागूऔषध सहित एकजनालाई पक्राउ गरेको छ ।
धनगढी नगपालिका–१ स्थित पिपलटोलको एकघरमा छापामारेर प्रहरीले लागूऔषध र त्यसको कारोबारमा संलग्नलाई पक्राउ गरेको हो ।
प्रहरीले स्थानीय ४३ वर्षीय पप्पु गुप्तालाई लागूऔषधसहित पक्राउ गरेको जनाएको छ ।
गुप्ताले घर राखेको लुपिजेसिक र फेनारगन नामक ४३ वटा सिसी लागूऔषध र त्यसमा प्रयोग हुने सिरिन्ज बरामद गरेको छ ।

प्रतिक्रिया