पूर्वाञ्चल विश्व विद्यालय खोल्न माग

nepal student uniyanकाठमाडौं, १४ साउन । नेपाल विद्यार्थी संघले आठ राजनीतिक दलको हवला दिँदै केही व्यक्तिहरुले पूर्वाञ्चल विश्वविद्यालयमा पठनपाठन बन्द गराएको भन्दै आपत्ति जनाएको छ ।
नेविसंघले आज (सोमबार) विज्ञप्ति जारी गरेर आशन्न परीक्षालाई पूर्ण रुपमा प्रभावित गर्ने उद्देश्यले विश्वविद्यालयलाई वन्द गराएको आरोप लगाएको छ ।
नेविसंघले पूर्वाञ्चल विश्व विद्यालय बन्द गराउने कार्य तत्काल रोकेर पठन पाठनको व्यवस्था मिलाउन सरोकारवालासँग माग गरेको छ । उसले पठन पाठन सुचारु गर्ने कार्य नभए आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।

प्रतिक्रिया