राष्ट्रिय-अन्तर्राष्ट्रिय शक्ति मिल्नु पर्छ: कोइराला

Shekhar-Koiralaकाठमाडौं, १४ साउन । कांग्रेसका नेता शेखर कोइरालाले चार राजनीतिक शक्ति, असन्तुष्ट दल, सरकार र अन्तर्राष्ट्रिय शक्ति एकठाँउमा नआएसम्म संविधानसभाको निर्वाचन हुनै नसक्ने बताएका छन् ।
काठमाडौंमा आज (सोमबार) आयोजित कार्यक्रममा कोइरालाले निर्वाचनका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति एकठाउँमा आउनु पर्ने बताए । ‘चार राजनीतिक शक्तिले नै निर्वाचन चाहेका छैनन्की भन्ने आशंका छ,’ उनले भने, ‘प्रचण्ड चुनावको विरोध गर्ने लाई वाईसीएल लगाएर गाउँबाट लखेट्ने कुरा गर्दैछन । यो निर्वाचन विरोधी कुरा हो ।’
निर्वाचनको मिति घोषणा भएपछि प्रचण्ड र बाबुराम भट्टराईको जुहारी चलेको भन्दै उनले पूर्व राजाले राहत बाँडेको विषयमा उत्तेजना फैलाउँने कार्य निर्वाचन विरोधी भएको टिप्पणी गरे ।
एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञावलीले असन्तुष्ट पक्ष, तराईका भूमिगत समूहको बढ्दो सक्रियत, समानुपातिक प्रतिनिधित्व र एमाओवादी मधेसवादीको शंकास्पद ब्यवहारकै कारण चुनाव हुनेमा आशंका बढेको बताए ।
नेकपा संयूक्तका अध्यक्ष चन्द्रदेब जोसीले राष्ट्रपति, चार राजनीतिक शक्ति, सरकार र सर्वोच्च अदालत एकै लाईनमा हुँदा मुलुकलाई संकटमा फसाएको आरोप लगाए ।

प्रतिक्रिया