झगडा परेपछि सडकमा नाङ्गै

Topless Leadiesचीन । प्रेमी–प्रेमीका या दम्पतिबीच झगडा हुँदा बढीमा हानाहान, कुटाकुट, मुख छाडाछाड हुन्छ । त्यो भन्दा पनि धेरै भए, बिबाहितको डिभोर्स होला, प्रेममा भए ब्रेकअप होला ।
रिसको आवेगमा एकले अर्कालाई पिट्दा घाइते नै होलान । तर, उनीहरु झगडा गर्दाका बीच सडकमा निवस्त्र हुन्छन् र रिस शान्त भएपछि केही नभएझै गरी अंगालो हालेर अघि बढ्छन् भन्ने कुरा पत्याउन मुश्लीक पर्छ ।
अपत्यारिलो लागे पनि चीनको एक शहरमा एकजोडी बीच यस्तै भएको छ ।
घटना चीनको गुआन्गडान्ग प्रान्तको डानग्गुआन शहरको हो । सडकमा हिडिरहेका मान्छेहरु आफ्नो अगाडि निवस्त्र युवक र युवती देख्दा चकित मात्र परेनन्, लाजले भुतुक्क पनि भए ।
सडकमा एक जोडीले यस्तै हर्कत देखाए । त्यो जोडी सडकमा बहस गरिरहेको थियो । बिस्तारै उनीहरुको स्वर चर्कदै गयो । रिसको आवेगमा पहिला युवकले आफ्ना सबै कपडा खोलेर सडकमा फाले ।
प्रेमीले कपडा खोलेको देखेर प्रेमीकाले पनि फटाफट आफ्ना सबै कपडा खोलेर निवस्त्र भइन अनि बीच सडकमा हिडिन् । यो घटनाको प्रत्यक्षदर्शी जियान डाउले आफ्नो मोबाइलको क्यामेरामा उनीहरुको निवस्त्र तस्विर कैद गर्न भ्याइहाले ।
जिआनका अनुसार नाङ्गै भएपछि । उनीहरु यात्रु तथा ट्राफिकको वेवास्ता गर्दै सडकमा कुदेका थिए । उनीहरुलाई देख्ने यात्रुहरु उनीहरुबीच के भएको हो भन्नेमा अनभिज्ञ थिए ।
रिस शान्त भएपछि प्रेमीले कपडा लगाएका थिए । युवती भने नाङ्गै थिइन् । पछि, प्रेमीको सर्टले आफनो शरीरको केही भाग ढाकेर अंगालो हाल्दै अघि बढिन् । कुरा मिलीसकेपछि पनि ती युवतीले कपडा किन लगाइनन् भन्ने कुरा भने रहस्यमै रहन पुग्यो । (फाईल तस्विर\एजेन्सी)

प्रतिक्रिया