सैन्य सहायता प्रदान गर्ने चीनको प्रतिवद्धता

002काठमाडौं, १३ साउन । प्रधानसेनापति गौरव शम्शेर जवरा सप्ताहव्यापी चीन भ्रमण सम्पन्न गरी स्वेदश फिर्ता भएका छन् ।
चिनियाँ जनमुक्ति सेनाका प्रमुखको औपचारिक निमन्त्रणामा प्रधानसेनापति जवरा छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा गएका हुन् । साउन–४ गते चीनतर्फ प्रस्थान गरेका जवरा आज (आइतबार) दिउँसो स्वदेश फिर्ता भएको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जवरालाई बलाध्यक्ष रथी नेत्रबहादुर थापाले त्रिभुवन विमानस्थलमा स्वागत गरेका हुन् ।
यसैबीच, जवराको भ्रमणका क्रममा चिनियाँ सरकारका तर्फबाट ५० मिलियन बराबरको सैनिक सहायता प्रदान गर्ने प्रतिवद्धता आएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया