स्थानीय प्रशासन घटना लुकाउँदै छ : आयोग

Dalit Mahilaकाठमाडौं, १३ साउन । राष्ट्रिय दलित आयोगले मोरङ जिल्लामा दलित महिलालाई गरिएको अमावनीय ब्यवहार गर्ने दोषीलाई उन्मुक्ति दिन लागेको आरोप लगाएको छ ।
आयोगकी अध्यक्ष सुशीला सिरपानी ठकुरीले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर घटनालाई फरक ढंगले मोड्ने प्रयत्न गरिएको बताईन् । उनले पीडित महिलालाई न्याय र दोषीलाई कारबाही गर्न सरोकारवालासँग माग गरेकी छन् ।
‘स्थानीय प्रशासनले घटनालाई छुवाछुत कसुर ऐन अनुसार मुद्दा चलाउन आनाकानी गरेको छ,’ उनले भनिन्, ‘पीडितले न्याय नपाउने अवस्था सृजना गरिए त्यसको प्रतिरोध हुन्छ ।’
केही दिन अघि मोरङमा दलित महिलालाई बलत्कार गर्ने प्रयास गर्ने स्थानीय व्यक्तिले गाउँलेहरुलाई ल्याएर महिलालाई कालो मोसो दल्नुका साथै जुत्ताको माला लगाई दिएका थिए ।

प्रतिक्रिया