जंगली च्याउ खाँदा २ जनाको मृत्यू

moshroomरोल्पा, १३ साउन । रोल्पा जिल्लामा जंगलबाट ल्याएको बिषालु च्याउको तरकारी खाँदा २ जनाको मृत्यू भएको छ ।
मृत्यू हुनेमा खुमेल–५ निवासी १९ वर्षीय कुवेर बुढाथोकी र खुमेल–४ की १३ वर्षीय नबीन केसी रहेका छन् । उनीहरुले जंगलबाट ल्याएको बिषालु च्याउको तरकारी खाँदा गम्भीर बिरामी परेको आफन्तले जनाएका छन् ।
उनीहरुलाई सुलिचौर बजारमा सामान्य उपचार पछि शुक्रवार कोहलपुर लगिएको थियो । उनीहरुको उपचारका क्रममा मृत्यू भएको स्थानीय तुकमान बिष्टले जानकारी दिए ।

प्रतिक्रिया