दुर्घटनामा एकजनाको मृत्यू

कञ्चनपुर, १२ साउन । कञ्चनपुर जिल्लामा यात्रु बाहक बसको ठक्करबाट मोटरसाईकलमा सवार एकजनाको मृत्यू भएको छ ।
सुडा–१, लालपुरमा आज (शनिबार) साढे दश बजे ना.४ ख ५०२८ नम्वरको बसले से. २ प ६१७५ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा दुईजना घाईते भएका थिए ।
गम्भीर घाईते मोटरसाइकल चालक कृष्णपुर–४, मौवाफाटा निवासी १६ बर्षीय दीपक बुढाको भारतमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल पछाडि बसी यात्रा गर्ने २७ बर्षीय प्रकाश बुढाको पनि मृत्यू भएको छ । गम्भीर घाईते प्रकाशको उपचारका क्रममा मृत्यू भएको हो ।

प्रतिक्रिया