समिति विघटन गर्न तयार छौं : सापकोटा

Agni-Sapkotaकाठमाडौं, १२ साउन । एकीकृत माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले नेकपा–माओवादीसहितका राजनीतिक दलहरु चुनावमा सहभागी हुने प्रतिवद्धता जनाए उच्चस्तरीय राजनीतिक समिति विघटन गर्ने दोहर्‍याएका छन् ।
पार्टी मुख्यालय कोटेश्वरमा आज (शनिबार) आयोजित नियमित पत्रकार सम्मेलनमा सापकोटाले असन्तुष्ट दलहरुलाई चुनावमा सहभागी गराउन समिति विघटन गर्न शीर्ष नेताहरु तयार रहेको बताए । उनले भने, ‘आन्दोलनरत दलहरु चुनावमा सहभागी हुने प्रतिवद्धता आउँछ भने उच्चस्तरीय राजनीतिक समिति विघटन हुन्छ ।’
एकीकृत माओवादीले चलाएको १ महिने निर्वाचन अभियानले देशभरि चुनावी माहोल बनाउने प्रवक्ता सापकोटाको भनाई थियो ।
‘चुनाव हुन्छ की हुँदैन भन्ने अविश्वास भएका बेला हाम्रो चुनावी अभियानले राजनीतिक माहोल बनाउन छ,’ उनले भने ।

प्रतिक्रिया