खोजखबर

यौन क्रियाकलापमा लिप्त चार जोडी पक्राउ

सौर्य अनलाइन २०७० साउन ११ गते ६:३६ मा प्रकाशित

Sexधनगढी, ११ साउन । कैलाली प्रहरीले धनगढीका तीनवटा होटलबाट अनैतिक यौनक्रियाकलापमा संलग्न चार जोडीलाई पक्राउ गरेको छ ।
धनगढीका अधिकांश होटलमा खुलमखुला यौन ब्यवसाय हुने गरेको थाहा पाएपछि बिहीबार प्रहरीले छापा मारेको हो । छापामार्ने क्रममा चार जोडीलाई यौन क्रियाकलपमा सक्रिय रहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता नायव निरीक्षक ऋषिराम काडेलले जानकारी दिए ।
प्रहरी निरीक्षक किसनसिंह बुडालको नेतृत्वमा खटिएको टोलीले बसपार्कस्थित मालिका होटलबाट दुई जोडी, चौराहस्थित ज्ञानु प्लाजा र सगरमाथा होटलबाट एक/एक जोडी पक्राउ परेको कैलाली प्रहरी प्रवक्ता नायव निरीक्षक काडेलले जानकारी दिए ।
नियन्त्रणमा लिईएका महिला १८ देखि २० वर्ष र पुरुष ३० वर्षसम्मका छन् । पक्राउ परेकालाई अभिभावक बोलाएर पहिलोपटक सुध्रिने मौका दिई छाडेको कडेलले बताए । यौन व्यवसाय चलाउने होटल मालिकलाई पनि आईन्दा व्यवसाय नगराउने शर्तमा सजग गराई छाडेको प्रवक्ता काडेलले बताए ।
धनगढीका होटलमा खुलमखुला रुपमा यौन व्यवसाय हुने गरेको जनगुनासो आएपछि प्रहरी सक्रिय भई निरन्तर रुपमा चेकजााच गर्दै आएको छ ।
अबैध यौनधन्दालाई निरुत्साहित गर्न सम्भावित होटलमा निगरानी बढाउनुका साथै सादा पोसाकमा प्रहरी परिचालन गरेको जनाएको छ । (फाईल तस्विर)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय