सार्वजनिक कार्यक्रममा देखिदै मनीषा (तस्विर)

Manisha-Koiralaकाठमाडौं । अभिनेत्री मनीषा कोइराला सार्वजनिक कार्यक्रममा देखा पर्न थालेकी छन् ।
क्यान्सर रोगको उपचार पछि उनी स्वस्थ्य भए लगत्तै पारिवारिक कार्यक्रमहरु देखिन थालेकी हुन् । उनको हालै सार्वजनिक भएका तस्विरबाट सुन्दर मनीषालाई चिन्न भने मुस्की पर्न सक्ने छ ।
क्यान्सरको कीमियोथेरेपी उपचार पछि मनीषाको कपाल सबै काट्नु परेका तस्विरहरु सार्वजनिक गरिएका छन् । मनीषाले अमेरिकामा क्यान्सरको उपचार गराएकी हुन् ।
४२ वर्षीय मनीषा कोइरालाले नेपाली चलचित्र ‘फेरि भेटौंला’बाट अभिनय यात्रा शुरु गरेकी हुन् ।
उनले बलिउडमा ‘बॉम्बे’, ‘दिल से’, ‘सौदागर’, ‘१९४२ ए ए लव स्टोरी’, ‘अग्नि साक्षी’ लगायतका सफल फिल्ममा अभिनय गरिसकेकी छन् । उनलाई सुभाष घईले सौदागरमा पहिलो ब्रेक दिएका हुन् ।

Manisha Koirala 4Manisha Koirala n Bipin Koirala

Manisha Koirala 2Manisha Koirala 3

प्रतिक्रिया