रुकुमलाई छुवाछूत मुक्त जिल्ला घोषणा गर्न माग

काठमाडौं, ९ साउन । रुकुमका दलितहरुले जिल्लालाई जातीय छुवाछूत मुक्त घोषणाको अभियानमा जुटेका छन् ।
संयुक्त दलित जनअधिकार फोरममा आबद्ध अधिकारकर्मीले आज (बुधबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर रुकुमलाई जातीय छुवाछूत मुक्त नमूना जिल्ला घोषणा गर्न माग गरेका हुन् । उनीहरुले नेपाल सरकार, राजनीतिक दलहरु र नागरिक समाजका जिम्मेवार नेताहरुलाई छुवाछुत मुक्त जिल्ला बनाउन ध्यानाकर्षण गराए ।
जिल्ला विकास समिति रुकुमद्वारा २०७० साउन–२ गते आयोजित चुनवाङलाई जातीय छुवाछूत मुक्त नमूना गाविस घोषणा गरेको जानकारी पनि दिईएको छ ।
अभियानमा संयोजक उपेन्द्रलाल कामी, संयुक्त दलित जनअधिकार फोरम, सचिव शशिराम नेपाली, सदस्यहरुमा रातो कामी, पूर्णबहादुर कसेरा, खड्ग बस्त्राकारलगायतका छन् ।

प्रतिक्रिया