अधिकांश दाहालकै एकल नेतृत्वको पक्षमा

Puspakamal-Dahalकाठमाडौं, ५ साउन । एकीकृत माओवादीको केन्द्रीय समितिको विस्तारित वैठकमा धारणा राख्ने अधिकांश सदस्यले अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत राजनीतिक एवम् संगठनात्मक प्रस्तावमा सार्थन जनाएका छन् ।
१६ वटा समूह बनाएर राजनीतिक एवं सांगठनिक प्रस्तावमा छलफल भएको हो । अधिकांश सहभागीले प्रस्तावको मूल स्पिरिटप्रति सहमति जनाएको एमाओवादीले दावी गरेको छ ।
ललितपुरस्थित खन्नगार्मेन्टमा शुक्रबारबाट शुरु भएको बैठकको आज (शनिबार)को बन्द सत्रमा दाहालले पाँचबुँदे प्रस्ताव पेश गरेका थिए ।
बैठकका करीब पाँचसय सहभागी छन् । १६ वटा समूहमा विभाजित गरेर प्रस्तावमा छलफल भएको थियो ।
अध्यक्ष मात्रै राखेर अन्य पदाधिकारीसहित स्थायी र पोलिटब्यूरो सदस्यहरुलाई सदस्य बनाउने प्रस्तावको पक्षमा खुलेर विचार राखेको स्रातेको भनाई छ ।
छलफलमा सहभागी कतिपयले भने महाधिवेशनले चुनेका पदाधिकारी खारेज गर्न नमिल्ने तर्क गरेका छन् । सहभागीले पार्टीभित्र गुटबन्दी अन्त्य हुनुपर्ने भन्दै धोविघाट जस्ता गठबन्धन कहिल्यै हुन नहुने सुझाव दिए ।
एकीकृत माओवादीले हेटौंडाको सातौ महाधिवेशनले आर्थिक उत्पादनमा जोड दिने नीति एकमतले पारित गरेपनि संगठनात्मक विषय टुंग्याउन सकेको छैन ।
महाधिवेशन पछि बसेको केन्द्रीय समिति बैठकले पनि कार्यविभाजन टुंग्याउन नसकेपछि र बाबुराम भट्टराईले उपाध्यक्ष पदत्याग गरेका थिए । सोही कारण विस्तरित बैठक बोलाईएको हो ।

प्रतिक्रिया