चमत्कार गरे पनि चुनाव हुँन दिँदैनौं : गजुरेल

CP-Gajurel-Souryadailyउदयपुर, ५ साउन । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले नेपाली राजनीतिमा चमत्कार भएपनि मंसिर– ४ गते संविधानसभाको दोस्रो निर्वाचन हुँन नदिने दोहर्‍याएका छन् ।
क्रान्तिकारी पत्रकार महासंघले आज (शनिबार) उदयपुरको गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा गजुरेलले निर्वाचनले संविधानलगायत कुनै पनि समस्याको निकास नदिने बताए ।
निकासका नाममा चार राजनीतिक शक्तिले नौटंकी गरेर राष्ट्रिय स्वाधिनतालाई खतरामा पुर्‍याएको आरोप उनको छ ।
‘चार राजनीतिक शक्तिको सिण्डिकेट अन्त्य नभएसम्म कुनैपनि हालतमा निर्वाचन हुँदैन,’ उनले भने, ‘बहुदलीय ब्यवस्थामा गणतन्त्र आईसकेको अवस्थामा निर्दलीय सरकारले निर्वाचन गर्ने भन्नु नौटंकी मात्रै हो ।’
उनले नयाँ संविधान बनाउन संविधानसभा नै आवश्यक नरहेको बताए । ‘संविधान बनाउन नयाँ विकल्प अपनाउन सकिन्छ,’ गजुरेलले भने ।

प्रतिक्रिया