नेप्सेमा उल्लेख्य बृद्धि

nepseकाठमाडौं ।  नेप्सेमा उल्लेख्य बृद्धि भयो । अघिल्लो दिन ऋणात्मक रहेको शेयर बजारले विहीबार पुनः बुलिस ट्रेण्ड लियो । बजार परिसूचक नेप्से कारोबार सुरु भएदेखि निरन्तर उकालो लागेर करिब १० अंकको उच्च बृद्धि सहित ५ सय २१ मा पुग्यो ।

कारोबार भएका सबै समूहका सूचक उकालो लागेसंगै नेप्सेमा उच्च बृद्धि भएको हो । जलविद्युत समूहमा सबैभन्दा उच्च करिब ३० अंकको बृद्धि भयो । अन्य र वाणिज्य बैंक समूहमा पनि दोहोरो अंकको सुधार भयो ।

यस दिन कारोबार परिमाण पनि उच्च रह्यो । यस दिन नेपाल स्टक एक्सचेन्जमा ८४ कम्पनीको २ लाख ६७ हजार बराबर कित्ता शेयर ११ करोड २९ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया