शाहरुख फेरि विवादमा

Shaharukha khanमुम्बई । शाहरुख खानलाई पुरस्कार किनबेचको आरोप लागेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार बलिउड नायक शाहरुखले पुरस्कार पाउनका लागि एउटा म्यागेजिनका सम्पादकलाई रकमको लोभ देखाएका हुन् ।
आफ्नो कैरियरको शुरुआतका दिनमा शाहरुखले पुरस्कार पाउनका लागि रकम दिएर किन्न खोजेको समाचारमा जनाईएको छ ।
रकम दिन खोजे पनि शाहरुखको सो प्रस्तावलाई म्यागेजिनका सम्पादकले अस्वीकार गरेको जनाईएको छ ।
स्वयं शाहरुखले पनि आफ्नो शुरुवाती दिनमा रकम दिएर पुरस्कार लिन खोजेको स्वीकार गरिसकेका छन् । एजेन्सी

प्रतिक्रिया