चितवनमा संघको नयाँ नेतृत्व

Chalchitra patrakarचितवन । चलचित्र पत्रकार संघ चितवन शाखामा नयाँ नेतृत्व चयन भएको छ ।
चितवनको नारायणगढमा मंगलबार आयोजित भेलाले श्यामराज बिकको नेतृत्वमा नौ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिमा उपाध्याक्ष रमेश क्षितिज, सचिव रवि अधिकारी, सह–सचिव सागर ढुंगाना, कोषध्यक्ष श्यामसुन्दर गिरी चयन भएको विज्ञप्तिमा जनाईएको छ ।
सदस्यहर ज्ञानेन्द्र तामाङ, सञ्जीत क्षेत्री, सन्दीप भट्ट, सुदन नेपाली रहेका छन् ।
संघका उपाध्यक्ष प्रदीप निरौलाले आफूहरुका बिरुद्ध नकारात्मक र भ्रामक समाचार बाहिर ल्याउने काम भैरहेकाले त्यस्ता समाचारको पछि नलाग्न आग्रह गरे ।
भेलाका संघको केन्द्रबाट उपाध्यक्ष निरौला, कोषध्यक्ष सुमन दाहाल, सदस्य कुबेर गिरीको टोली चितवन पुगेको थियो ।

प्रतिक्रिया