एमाओवादी कम्युनिष्ट केन्द्र बन्न सक्छ

Puspakamal-Dahal-Tiharकाठमाडौं, २ साउन । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा कम्युनिष्ट केन्द्र स्थापनाको आवश्यक्ता खड्किएको बताएका छन् ।
उनले आफूहरु एउटै शक्तिशाली कम्युनिष्ट केन्द्र स्थापनाको अभियानमा लागेको बताए । काठमाडौंमा आज (बुधबार) आयोजित कार्यक्रममा दाहालले नेपालमा ७० प्रतिशतभन्दा बढी जनमत वामपन्थीको रहेको दाबी गरे ।
‘नेपालमा ७० प्रतिशत भन्दा बढी जनमत बामपन्थीको छ,’ उनले भने, ‘एमाओवादी बलियो कम्युनिष्ट केन्द्रको रुपमा स्थापना बनाउन सकिन्छ ।’
यसबैची, एमालेका पूर्व सांसद टंकप्रसाद पोखरेल, एमाले गुल्मीका सचिव बाबुराम खरेल, विष्ण्ुा भण्डारी र गणेश विश्वकर्मा एमाओवादीमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया