भन्सारलाई समय सापेक्ष बनाउन कार्ययोजना

Shankar-Koiralaकाठमाडौं, १ साउन । भन्सारको कामलाई समय सापेक्ष चुस्त, दुरुस्त र पारदर्शी बनाउन भन्सार विभागले कार्ययोजना सार्वजनिक गरेको छ ।
पाँच वर्षीय कार्ययोजनामा भन्सारलाई प्रविधिमैत्री र उत्तरदायी कसरी बनाउन सकिन्छ भन्ने विषयमा चरणवद्ध कार्ययोजना प्रस्तुत गरिएको छ ।
सरोकारवाला निकायहरुबीचको व्यापक परामर्शपछि कार्ययोजना तयार गरिएको हो । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले कार्ययोजना पुस्तकको आज (मंगलबार) राजधानीमा लोकार्पण गरेका छन् ।
अर्थमन्त्री कोइरालाले कार्ययोजनाले कोरेका रोडम्याप अनुसार तत्काल काम गर्न सरोकारवाला निकायका पदाधिकारीहरुलाई निर्देशन दिए । यसले विभागका काम कारवाहीलाई सजिलो र पारदर्शी बनाउन मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे ।
अर्थसचिव शान्तराज सुवेदी, राजश्व महाशाखा प्रमुख राजन खनाल, भन्सार विभागका महानिर्देशक डा.मुक्तिनारायण पौडेल, आन्तरिक राजश्व विभागका महानिर्देशक टंकमणि शर्मालगायतको कार्यक्रममा उपस्थिति थियो ।

प्रतिक्रिया