दोस्रो खेलमा नेपाल पराजित

Vallyball-Team-Nepaliकाठमाडौं । राजधानीमा जारी प्रथम दक्षिण एशियाली आमन्त्रण कप भलिबल प्रतियोगिताको दोस्रो खेलमा नेपाल पराजित भएको छ । शनिबार राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको दोस्रो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको हो ।
नेपाल २५-१७, २५-१६ र २५-१६ ले पछि पर्दा ३–० ले पराजित भयो । हारसँगै नेपालको फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । यसअघि पहिलो खेलमा अफगानिस्तानलाई ३–२ ले हराउँदै नेपालले दुई अंक बटुलेको थियो ।

यता, लगातार दोस्रो खेलमा बोनस अंक बटुलेको श्रीलंका ६ अंकका साथ शीर्ष स्थानमा रहँदै एक खेल खेल्न बाँकी छँदै फाइनलमा पुगेको छ । पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई ३–१ ले हराउँदै बोनस अंक बटुलेको थियो । नेपालको दुई अंक मात्र छ । फाईल तस्विर

प्रतिक्रिया