‘माटाको भाँडा’ र ‘डोको’को व्यवसाय धरापमा

बाजुरा, ३० असार । बाजुरा जिल्लामा निकागालाको ‘डोको’ र ‘माटोका भाँडा’ बनाउने पेशा संकटमा पर्दै गएको छ ।
जिल्लामा कुमाले ‘मोची’ जातिका स्थानीयले माटोका भाँडा बनाउँदै आएका छन् । स्थानीय ‘कडारा’ जातिको निगालाका ‘डोको’ बनाउने पेशा पनि पछिल्लो समयमा लोप हुने अवस्थामा पुगेको छ ।
परम्परागत रुपमा आगाल्दै आएको पेशाबाट जीविकोपार्जन नहुने भएपछि स्थानीय स्तरमा पाइने माटोबाट भाँडाकुँडा बनाउने र निगालाबाट ‘डोको’ बनाउने पेशा विस्तारै धरापमा परेको स्थानीयको भनाई छ ।
‘माटोका भाँडा’ र निगालाका ‘डोको’ उत्पादन र विकास तर्फ कसैले ध्यान नदिएपछि उनीहरुले पेशा परिवर्तन गरेका हुन् । उनीहरु खेतीपाती गर्न र विदेशिन थालेका छन् ।
आधुनिक ज्ञानसीप अभावका कारण स्थानीय उत्पादनबाट बनेका भाँडाकुँडाले बजार पाउन सकेका छैनन् । यता कुमाले जातिले पनि आफ्नो पेशा संकटमा पारी खेतीपाती तर्फ लाग्नु पर्ने बाध्यता भएको जनाएको छ ।
‘परम्परादेखि नै भााडा बनाएरै जीवन चलाइयो,’ जुकोट ६ का दलित अगुवा हिन्दु कडाराले भने, ‘बिचमा आएर बजारसँग प्रतिस्पर्धा गर्न नसक्दा कृषि व्यवसायमा लागेको छौं ।’
कुमाले ‘मोची’ जाति जिल्लाका जुकोट, पाण्डुसैन, बाह्रवीस, ब्रमतोला, कुल्देवमाण्डौलगायतका गाविसमा बस्दै आएका छन् । ‘काडार’ जाति वाई, जुकोट, साप्पाटामा पुर्खौदेखि बस्दै आएका छन् ।
डोका बुन्ने पेसा(2)परिश्रम गरेजति फल नपाइने भएपछि उनीहरुले पेशालाई थाति राखेर कृषि र भारतका विभिन्न ठाउँमा नोकरी गर्ने गरेको स्थानीय व्यबसायी हंस मोचीले गुनासो गरे ।
बाबुबाजेको पालादेखि नै माटोका भाँडा बनाएर जीवन बिताउँदै आएका कुमाले र कडारा जातिलाई एकाएक आधुनिक बजारसँग प्रतिस्पर्धा गर्न समस्या भएको छ ।

प्रतिक्रिया