९३ वर्षको उमेरमा प्राणको निधन

Pranमुम्बई । बलिउडका चर्चित अभिनेता प्राणको निधन भएको छ । उनको ९३ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छ ।
लामो समयदेखि अस्वस्थ रहँदै आएका प्राणको उपचारका क्रममा शुक्रबार मुम्बईको लीलावती अस्पतालमा निधन भएको हो ।
नकारात्मक चरित्रमा अभिनय गरेका कारण प्राण भारतीय चलचित्र क्षेत्रमा चर्चित छन् ।
सन् १९२० मा दिल्लीमा जन्मिएका प्राणको ६ दशक लामो चलचित्र यात्रामा उनले ४ सयभन्दा बढि चलचित्रमा अभिनय गरिसकेका छन् । उनले आफ्नो शुरुवाती दिनमा फोटोग्राफरबाट आफ्नो करियरको गरेका थिए ।
सन् १९४० मा पहिलो पटक चलचित्र ‘यमला जटम’बाट अभिनय यात्रा शुरु गरेका उनले त्यसपछि विभिन्न चलचित्रमा अभिनय गरे ।
कश्मिरकी कली, खानदान, औरत, बडी बहन, जिस देशमे गंगा बहती है, उपकार, डन लगायतका भारतीय चलचित्रमा उनले अभिनय गरेका थिए । उनका दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया