मादक पदार्थ सेवन पछि कुटाकुट हुँदा मृत्यू

Hatya 2काठमाडौं, २८ असार । काठमाडौंमा मादक पदार्थ सेवन गर्ने क्रममा विवाद भई कुटाकुट हुँदा रोकडा चौधरीको मृत्यू भएको छ ।
सुनसरी जिल्ला झुम्का घर भएका ३२ बर्षीय चौधरीलाई कीर्तिपुरको चोभारमा शुक्रबार राति मादक पदार्थ सेवन गर्ने क्रममा खोटाङ जिल्ला तिलमा–८ घर भएका सुवास राईले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
ललितपुरको सातदोवाटो बस्ने राईको कुटपिटबाट गम्भीर घाईते चौधरीको उपचारका क्रममा वीर अस्पतालमा आज (शुक्रबार) विहान सवा दश बजे मृत्यू भएको थियो ।

प्रतिक्रिया