बहुला स्यालको टोकाईबाट ५ जना विरामी

jackalदैलेख, २८ असार । बहुला स्यालको टोकाईबाट दैलेखको पश्चिममा रहेका तोलिजैसी र लकान्द्र गाविसका ९ जना सर्वसाधारण घाईत भएका छन् ।
स्यालको टोकाईबाट घाईते हुनेहरुमा तोलिजैसी–८ र ९ निवासी ६० वर्षीया पोक्ची रोकाया, ६० वर्षीय भुवाने तिरुवा, देबरामे रोकायाकी ३३ वर्षीय पत्नी रहेका छन् ।
लकान्द्र–८ निवासी धनसिंह बुडाका एकछोरा र नातिलाई पनि स्यालले टोकेर घाइते बनाएको छ । स्यालले टोक्दा रति तिरुवाका तीनवटा गाई पनि विरामी परेका छन् । स्थानीयलाई स्यालले बिहीबार टोकेको हो ।
उनीहरुको स्थानीय जनसेवा मेडिकलमा उपचार भैरहेको लकान्द्रका स्थानीय रक्षेबहादुर शाहीले जानकारी दिए ।
खेतवारीमा काम गरिरहेका बेला जंगलबाट आएको स्यालले एक्कासि टोकेको थियो । (फाईल तस्विर)

प्रतिक्रिया